मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा सलकपुर स्वतन्त्र युवा समूहबाट अध्यक्षमा रामकुमार तामाङ विजयी भएका छन् ।
अध्यक्षमा विजयी तामाङले ५ सय ९५ मत ल्याए । समितिकाे उपाध्यक्षमा लाेकतान्त्रिक समुहबाट दिपक गुरूङ विजयी भए । गुरुङले ७ सय मत ल्याए । तेसै गरि सचिव पदमा सलकपुर स्वतन्त्र युवा समूहबाट सुरेश दाहाल निर्वाचित भएका छन् । उनले ४ सय ३५ मत ल्याए ।
सहसचिवमा स्वतन्त्र समूहका चिरञ्जीवी सुवेदीले ५ सय ६९ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा लोकतान्त्रिक समूहकी साबित्रा पोखरेले ६ सय ७४ मत ल्याएर विजयी भए ।
महिला सदस्यमा प्रगतिशील समूहकी सुनिता घिमिरे ५ सय ९३ मत र लोकतान्त्रिक समूहकी बबिता कार्की अधिकारीले ४ सय ७२ मत ल्याएर विजयी भए ।
खुला सदस्यमा लोकतान्त्रिक समूहका ज्ञानबहादुर खड्का ६ सय ३२ मत, स्वतन्त्र समूहका देवेन्द्र भट्टराई ५ सय २२ मत, स्वतन्त्र समूहका रोशन कार्की ४ सय ८२ मत र प्रगतिशील समूहका लीलाप्रसाद दाहाल ४ सय ६७ मत ल्याएर विजयी भएका छन् ।
लेखा समिति संयोजकमा लोकतान्त्रिक समूहका सरोज भट्टराईले ६ सय १० मत ल्याएर विजयी भए । लेखा सदस्यमा लोकतान्त्रिक समूहकी मन्दिरा थापा ५ सय ४५ मत र प्रगतिशील समूहका विष्णु प्रसाईँ ५ सय २९ मत ल्याएर विजयी भएका छन् । सलकपुर खानेपानीमा २५ सय ४८ उपभोक्ता रहेका छन् । जसमा १७ सय २१ मत खसेकाे थियाे ।