विराटनगर । सहकारी संस्थामा बचतकर्ताले बचत गरेको रकम डुबेपछि उत्पन्न विषयबस्तुलाई मर्मस्र्शी ढंगलले चित्रण गरिएको फिल्म 'महाभोज' को प्रि–भ्यु प्रिमियर गरिने भएको छ । पर्सी शुक्रबारदेखी प्रदर्शनमा आउन लागेको ‘महाभोज’ विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा दिउसो १ बजे कलाकार सहितको उपस्थितीमा प्रि–भ्यु प्रिमियर गरिने भएको हो ।
निर्देशक दिनेश राउतले देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले एक पटक हेर्नै पर्ने फिल्म रहेको बताएका छन् । सहकारीमा बचतकर्ताले कसरी दुख भोगेका छन् अनि सहकारीको बास्तविकतालाई महाभोजमा समेटिन खोजिएको राउतले बताए ।
महाभोजमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ । विराटनगरको प्रि भ्यु पछि धरान स्थित फ्रेण्ड्स सिनेमाजमा पनि सोहि दिन जेठ २९ गते बिहीबार बेलुका ६ः ३० बजे ग्राण्ड रेडकार्पेट प्रिमियर हुने बितरक कम्पनी कुबेर सिने डिस्ट्रीव्युटर्सका पुस्कर घिमिरेले जानकारी दिए ।