सुनको मूल्य निरन्तर उकालोतिर

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>निरन्तर उकालोतिर</span>

काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्