नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

<span class='c1'>नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा</span> <span class='c2'>साढे १२ अर्बको कारोबार</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ ।

विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ दशमलव ६१ मा कारोबार भएको छ ।

आज उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ । साथै पियोर इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको छ दशमलव ७८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९९ प्रतिशतले बढेको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९० प्रतिशत, रिभल फल्स पावर लिमिटेडको छ दशमलव ९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजिकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख ९५ हजार २०८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्