विराटनगर जेष्ठ ३० ,
कोशी प्रदेशका युवाहरूलाई उद्यमशिलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चको नेतृत्वमा “कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्र” को अवधारणा पत्र मुख्यमन्त्रीज्यू समक्ष औपचारिक रूपमा बुझाइएको छ।
इनक्युबेशन सेन्टर भन्नाले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यमहरूलाई आवश्यक सीप, मार्गदर्शन, लगानी पहुँच, काम गर्ने स्थान, तथा सञ्जाल विस्तारका अवसरहरू उपलब्ध गराउने संरचना हो। यस्तो केन्द्र कोशी प्रदेशमा अत्यन्त जरुरी छ, जसले यहाँका युवाहरूको प्रतिभा, सोच र उद्यमशील क्षमतालाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुर्याउँछ।
यो केन्द्र निजी, सार्वजनिक तथा शैक्षिक क्षेत्रको सहकार्यमा नवप्रवर्तन, स्टार्टअप इनक्युबेसन, कानुनी सहारा, लगानी पहुँच, सीप अभिवृद्धि तथा रोजगारी सिर्जना जस्ता विषयमा क्रियाशील रहनेछ।