विराटनगरका सुनचाँदी व्यवसायी आन्दोलनमा, प्रावधान सच्याउन सरकारसँग माग

<span class='c1'>विराटनगरका सुनचाँदी व्यवसायी आन्दोलनमा,</span> <span class='c2'>प्रावधान सच्याउन सरकारसँग माग</span>

विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायीले सरकारले सुन आयतमा लगाएको कोटा खारेज गर्नुपर्ने माग गर्दै कारोबार रोकेका छन् । आन्दोलनमा रहेका व्यवसायीले शुक्रबार पत्रकार सम्मेलन गरेर विदेशी मुद्रा सञ्चितीको अवस्था सकारात्मक हुँदा सुन आयतमा कोटा प्रणाली लगाउनु उचित नहुने बताएका हुन् ।

सरकारले सुन आयातमा २ प्रतिशत बिलासिता कर र रत्नजडित गहनामा १३ प्रतिशत भ्याटको प्रावधानमा तोकेको छ । यसको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायी आन्दोलनमा रहेका छन् ।
मोरङ व्यापार संघका उपाध्यक्ष एवं सुनचाँदी व्यवसायी विकास बेगवानीले अहिले सरकारले सुन आयातमा कोटा लगाउन जरुरी नरहेको बताएका हुन् । उनले नेपालमा भन्दा भारतमा सुन महंगो रहेको सुनाउँदै खुल्ला आयतको प्रावधान राख्दा फरक नपर्ने सुझाएका छन् ।
सुनचाँदी व्यवसायी मोरङका अध्यक्ष सशिभुषण साहले सरकारले १३ प्रतिशत भ्याटको प्रावधान राख्दा भारतीय गहनाको तुलनामा नेपालका गहनाको मूल्य १९ प्रतिशतले बढी पर्ने बताए । यस्तो परिस्थितिमा खुल्ला सीमानाकाको प्रयोग गरेर गहना नेपाल भित्रनसक्ने संभावना रहने उनको बुझाई छ । यदि रत्नजडित गहनाको १३ प्रतिशत भ्याट हटाउने हो भने नेपाल र भारतमा उत्पादन हुने गहनाको मूल्यमा ६ प्रतिशत अन्तर पर्नेछ । यो अन्तरले धेरै असर नपार्ने उनको तर्कछ ।

सरकारले आगामी साउन १ गतेपछि सुन आयातमा २ प्रतिशत बिलासिता कर र रत्नजडित गहनामा १३ प्रतिशत मूल्य अभिबृद्धि कर लगाउने कार्यन्वयन गराउने प्रावधान राखेको छ । विराटनगरको व्यवसायीले यसको विरोध गर्दै गत बुधबारदेखि कारोबार बन्द गरेका छन् । यो असार २ गतेसम्म निरन्तर रहने अध्यक्ष साहले बताएका छन् ।

सरकारले यो प्रावधान नहटाए त्यसपछि आन्दोलन नयाँ चरणमा जाने उनीहरुको भनाई छ । नेपालमा सुनचाँदीको आयात नेपाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरुले गर्दछन् । त्यसपछि व्यवसायीलाई बिक्री गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्