विराटनगरको व्रिज ईन्टरनेशनलको ‘स्टुडेन्ट ईन्गेजमेन्ट टुर २०२५’ कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरको व्रिज ईन्टरनेशनलको ‘स्टुडेन्ट ईन्गेजमेन्ट</span> <span class='c2'>टुर २०२५’ कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर १० मा रहेको व्रिज ईन्टरनेशनल कन्सल्टेन्सीले विदेश अध्ययन गर्न जान चाहानेहरुको लागि एकदिने नि:शुल्क शैक्षिक परामर्श प्रदान गरेको छ ।

‘स्टुडेन्ट ईन्गेजमेन्ट टुर २०२५’ अन्तर्गत कन्सल्टेन्सीले आज(शुक्रबार) विराटनगर १० स्थित शाखा कार्यालयमा युनिभर्सिटीका प्रतिनिधीको भौतिक उपस्थितीमा नि:शुल्क परामर्श प्रदान गरेको हो ।

प्लस टु दिएर बसेका तथा व्याचुलर अध्ययन गर्दै आएका विद्यार्थीहरुको लागि युके, अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोप अध्ययन गर्न जान चाहानेहरुको लागि नि:शुल्क शैक्षिक परामर्श प्रदान गर्ने गरेको छ । व्रिज ईन्टरनेशनल कन्सलटेन्सीका चिफ अपरेटिङ अफिसियर रुपेश थापाका अनुसार अहिले नेपालभर रहेका शाखा कार्यालयहरुमा यो कार्यक्रम भईरहेको छ । उनले भने, ‘यस अघि हामीले नेपालगन्ज, धुलाबारी, विर्तामोड, धरान, ईटहरी, र आज विराटनगरमा कार्यक्रम आयोजना गरिएको हो ।’

विराटनगरपछि असार १ गते चितवन शाखा कार्यालय र ४ गते काठमाडौंको बानेश्वरमा रहेको शाखा कार्यालयमा विद्यार्थीहरुलाई नि:शुल्क शैक्षिक परामर्श दिने कार्यक्रम रहेको थापाले जानकारी दिए । साथै आजको शैक्षिक परामर्शमा सहभागी भएका विद्यार्थीहरुलाई गोला प्रथाद्धारा विभिन्न उपहारको पनि व्यवस्था गरिएको थियो ।

गोलाप्रथाद्धारा ३ जनालाई हवाई टिकट, ५ जनालाई ल्यापटप र ३० जनालाई ३० हजार मुल्य बराबरको सपिङ भौचरको व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्