विश्व रक्तदाता दिवसमा विराटनगरका तीन जना सम्मानित

<span class='c1'>विश्व रक्तदाता दिवसमा विराटनगरका</span> <span class='c2'>तीन जना सम्मानित</span>

विराटनगर । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा.केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।

शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा डा ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।

यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफिल्म तथा चलचित्र लगायतको माध्यमबाट स्वयम्सेवी रक्तदातालाई बढाउने कार्यमा योगदान दिए वापत भैरव क्षेत्रीलाई सम्मान गरिएको हो ।

दुर्लभ रगत समूह बी नेगेटिभ भएका रक्तदाता तथा सामाजिक अभियन्ता विनायक पन्त रगत आवश्यक परेकाका लागि जुनसुकै बेलामा पनि सहयोगका लागि पर्ने भएवापत सम्मानित भएका हुन् ।

सम्मानित डा.ठाकुर, क्षेत्री र पन्तलाई १०३ पटक रगत दान गर्ने रक्तदाता तथा कार्यक्रमका अध्यक्ष हरिमोहन श्रेष्ठले रुद्राक्षको माला लगाई दिएर सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्