बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

<span class='c1'>बराहक्षेत्रमा जङ्गली हात्ती</span> <span class='c2'>मृत फेला</span>

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ ।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारण बारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्