विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १७ ले आफ्ना वडावासीलाई राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।
विराटनगर वडा नम्बर १७ का वडा सचिव दिल्लीप्रसाद पोखरेल अनुसार वडाका नागरिकहरुलाई सहज होस भनेर घुम्ती सेवा परिचालन गरी राष्ट्रिय परिचय पत्र बनाउने अभियान थालिएको हो ।

स्थानीय सरकारको समन्वयमा वडा कार्यालयले घरदैलो कार्यक्रम मार्फत परिचपत्र वितरण थालेको वडा सचिव पोखरलले जानकारी दिनुभयो ।
वडा कार्यालयले टोकन सिस्टम लगाएर अल्फावेटिकलको आधारमा परिचय पत्र वितरण थालेको हो ।

यता परिचयपत्र प्राप्त गर्नेहरु वडावासीले पनि जिल्ला प्रशासन कार्यालय धाईराख्नुपर्ने व्याध्यताबाट मुक्त भएको बताए । आफनै वडामा राष्ट्रिय परिचय पत्र प्राप्त गर्न पाउदा धेरै नै सहज भएको स्थानिय अप्सना खातुनले बताईन् ।