नेप्से परिसूचकमा सामान्य सुधार

<span class='c1'>नेप्से परिसूचकमा</span> <span class='c2'>सामान्य सुधार</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव २२, जलविद्युत् एक, लगानी शून्य दशमलव १३ उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक चार दशमलव ६९ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, विकास बैंक शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ५९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव २५ र व्यापार समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा पिओर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९५ करोड १६ लाख २२ हजार छ सय ८७ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै खरिदबिक्री भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन ८०–२० को २७ लाख एक हजार आठ सय कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्