विराटनगरमा अत्याधुनिक ‘त्वचा स्किन ,हेयर एण्ड लेजर क्लिनिक’ संचालनमा

<span class='c1'>विराटनगरमा अत्याधुनिक ‘त्वचा स्किन ,हेयर</span> <span class='c2'>एण्ड लेजर क्लिनिक’ संचालनमा</span>

विराटनगर असार ३ ,
पूर्वी नेपालमा छाला तथा कपाल सम्बन्धी समस्याको गुणस्तरीय उपचारका लागि अत्याधुनिक प्रविधियुक्त "त्वचा स्किन,हेयर एन्ड लेजर क्लिनिक" विराटनगर-५, मुनालपथमा संचालनमा आएको छ। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रविधिहरु समेटिएको यस क्लिनिकको सञ्चालन वरिष्ठ डर्माटोलोजिस्ट डा. सुनिता कार्कीको नेतृत्वमा गरिएको हो।

डा. कार्कीका अनुसार विदेशमा सफल रूपमा प्रचलित स्किन तथा हेयर ट्रीटमेन्ट अवधारणालाई पहिलोपटक विराटनगरमा ल्याउने प्रयास गरिएको हो। कपाल प्रत्यारोपनको लागि विराटनगरमै भरपर्दो सेवा सुरु भएको छ । काठमाडौंमा भन्दा सस्तो र अनुभवी टिम द्वारा हेयर ट्रान्सपान्ट सेवा दिइन लागेको हो । “पूर्वी नेपालमा छालाका बिरामीको संख्या धेरै छ। यहाँको जनस्वास्थ्यलाई ध्यानमा राख्दै हामीले आधुनिक प्रविधिमा आधारित सेवा सुरु गरेका हौं,” उनले भनिन्।

त्वचा क्लिनिकले १५ प्रकारका सेवा प्रदान गर्नेछ, जसमा कपाल प्रत्यारोपण, बोटक्स, लेजर थेरापी, हाइड्रा फेशियल, चायाँ-पोतो तथा दाग-धब्बा हटाउने उपचार, स्किन टेस्टिङ, ट्याटु हटाउने, छालामा अक्सिजन तथा पानीको सन्तुलन परीक्षण जस्ता प्रविधियुक्त सेवाहरु समावेश छन्।
विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा छालाको प्रकृतिअनुसार व्यक्तिगत उपचार विधि निर्धारण गरिने क्लिनिक पक्षको भनाइ छ। क्लिनिकमा ‘हाइड्राफेसियल’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय प्रविधिहरुको प्रयोग गरिनेछ, जसबाट छालालाई दीर्घकालीन चमक र स्वास्थ प्राप्त गराउन सकिनेछ। साथै नङ समन्धि पनि सेवा दिइनेछ । यस्का साथै प्लास्टिक सर्जरी सेवा पनि उपलब्ध छ ।

सीमावर्ती क्षेत्र नजिकै रहेको कारण भारतको उत्तर बिहार, खासगरी फारबिसगंज, जोगबनी, अररिया लगायत क्षेत्रबाट समेत सेवाग्राही आउने अपेक्षा गरिएको सञ्चालकको भनाइ छ।
क्लिनिकले सौन्दर्यवर्द्धक सेवा मात्रै नभई, डर्माटोलोजिकल समस्या समाधानमा पनि जोड दिएको छ। छालामा हुने संक्रमण, एलर्जी, चायाँ, दाग-धब्बा लगायतका समस्याको पनि वैज्ञानिक परीक्षण र उपचार गरिने बताइएको छ।

छालाको वास्तविक अवस्थालाई विश्लेषण गरेर त्यसको उपचार विधि तय गर्ने ‘स्किन एनालाइजर’ प्रविधि क्लिनिकमा उपलब्ध छ। यसबाट सेवाग्राहीको छालामा पानी र अक्सिजनको मात्राको समेत मापन गरेर, छालालाई आन्तरिक रूपमा पनि स्वस्थ राख्ने उपाय अपनाइने क्लिनिकको दाबी छ।

छाला तथा कपाल समस्याका लागि विरलै भरपर्दो सेवा पाइने पूर्वी नेपालमा ‘त्वचा स्किन केयर एन्ड हेयर क्लिनिक’ को स्थापना हुनु स्थानीयवासीहरूका लागि निकै राहतको कुरा भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्