विराटनगर । सडक दुर्घटना न्युनीकरणको लागि विगतको बर्ष झै यस पटक पनि ‘ट्राफिक सप्ताह २०८२’ मनाईने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीको संयुक्त आयोजनामा ट्राफिक सप्ताह मनाउन लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको व्यावस्थापनमा असार ६ गते विराटनगरको सिटी प्यालेसमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीको उपस्थितीमा ट्राफिक सप्ताह कार्यक्रमको उद्धघाटन गरिने भएको छ ।
उत्त दिन विराटनगरको रोडशेष चौकदेखी सिटी प्यालेस सम्म प्रहरीको व्याण्ड बाजागाजा सहित प्रभात फेरी समेत निकालिने भएको छ । यसपटक विगतको वर्ष जस्तै सवारी चालकहरुको स्वास्थ्य परीक्षण, सिटी सफारी चालकहरुलाई ट्राफिक सचेतना लगायतका विविध कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।