त्रिकोणात्मक टी–२० : नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित

<span class='c1'>त्रिकोणात्मक टी–२० : नेपालसँग</span> <span class='c2'>स्कटल्याण्ड दुई विकेटले पराजित</span>

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि २० आई सिरिजको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।

ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।

यो जितसँगै नेपालले दुई अङ्क जोडेको छ । समान एक खेल जितेका स्कटल्याण्ड र नेदरल्याण्डले पनि समान दुई अङ्क जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्