बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित

<span class='c1'>बिलि जिन किङ कपमा</span> <span class='c2'>नेपालको लगातार दोस्रो जित</span>

काठमाडौं । नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ ।

समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्‍यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।

श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन् । डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए ।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासंग खेल्ने टिम अफिसियल समेत रहेका नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्