ब्राजिलको फुटबल टिमका नयाँ कप्तान मिरान्डा

<span class='c1'>ब्राजिलको फुटबल टिमका</span> <span class='c2'>नयाँ कप्तान मिरान्डा</span>

काठमाडौंः ब्राजिलको राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी डिफेन्डर मिरान्डाले पाएका छन्। इन्टर मिलानका डिफेन्डरसमेत रहेका मिरान्डालाई विश्वकप छनोट अन्तर्गत बिहीबार हुने उरुग्वेविरुद्धको खेलका लागि कप्तानको जिम्मेवारी दिइएको हो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक टिटेले पछिल्ला खेलमा कप्तानको जिम्मेवारी फरक फरक खेलाडीलाई दिँदै आएका छन्। गत वर्षको ओलम्पिक्स फुटबलपछि प्रशिक्षक टिटेले कप्तानी नेमारबाट खोसेर अन्य सिनियर खेलाडीहरुलाई दिँदै आएका छन्। टिटेले सिनियर खेलाडीको सम्मानका लागि कप्तानीको जिम्मेवारी परिवर्तन गरेर दिँदै आएका छन्। यसअघि मिरान्डाले गत सेप्टेम्बरमा इक्वेडरविरुद्ध ३–० को जित निकाल्दा कप्तानी सम्हालेका थिए। प्रशिक्षक टिटेले डानिएल आल्भेसलाई दुई पटक कोलम्बिया र अर्जेन्टिनाविरुद्धको खेलमा कप्तानको जिम्मेवारी दिएका थिए भने फर्नान्डिनोलाई पेरुविरुद्ध, फिलिप लुइसलाई भेनेजुएला र रेनाटो अग्युस्टोलाई बोलिभियाविरुद्धको खेलमा कप्तानको जिम्मेवारी सम्हाल्न दिएका थिए। रोबिन्हो र डिएगोले भने गत जनवरीमा कोलम्बियासँगको मैत्रीपूर्ण खेलमा कप्तानको जिम्मेवारी पाएका थिए। सन् २०१६ को जुनमा प्रशिक्षकको जिम्मेवारी सम्हालेयता टिटेले युवा खेलाडी नेमारबाट कप्तानको जिम्मेवारी खोजेर सिनियर खेलाडीहरुलाई पालैपालो दिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्