विराटनगर । इजरायल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका इजरायल पुगेका विराटनगर मेयर नागेश कोइराला आज साँझ विराटनगर आईपुग्ने भएका छन् ।
गत जेठ २६ गते इजरायल पुगेका उनी इजरायल र इरानबीचको युद्धका कारण विमानस्थल बन्द हुँदा स्वदेश फिर्तीमा समस्यामा परेका थिए । विमानस्थल बन्द हुँदा उतै रोकिएका उनी स्थलमार्गबाट जोर्डन गएर त्यहाँबाट विमानमार्फत कुवेत, भारतको मुम्बई, नयाँदिल्ली हुँदै बिहीबार दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने भएका हुन् ।
महानगरका प्रेस संयोजक मिनकुमार नवोदितका अनुसार काठमाण्डौंबाट आजै साँझ ६ः५ बजेको बुद्ध एयरको उडानमार्फत विराटनगर आउने कार्यक्रम रहेको छ ।