विपदबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै, कस्तो छ प्रदेश सरकारको तयारी

<span class='c1'>विपदबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै,</span> <span class='c2'>कस्तो छ प्रदेश सरकारको तयारी</span>

सोनु साह
विराटनगर । चालु आर्थिक वर्षको यस अवधीसम्म प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ३१३ जनाको मृत्यु भइसकेको छ । गत वर्षको तुलनमामा मृत्यु हुनेको संख्या चार गुणा बढी हो । गत बर्ष २०८०÷२०८१ को तथ्याङ्क अनुसार ७७ जनाको मृत्यु भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ को यस अवधीसम्म ३१३ जनाको विभिन्न प्राकृतिक विपदबाट मृत्यु भएको प्रदेश आपतकालिन कार्य संचालन केन्द्रकोे तथ्याङ्गमा उल्लेख छ ।

बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी, डुबान, सर्पदंस, करेन्ट र जंगली जनावरको आक्रमणमा परेर जम्मा ३१३ जनाको मृत्यु हुँदा ५३९ जना विपदकै कारण घाईते भएका थिए । अझै १७ जना वेपत्ता रहेका छन भने एक हजार १६३ घर विस्थापित भएका छन। जसमा ४० जना पहिरो, २७ जना बाढी, २३ जना चट्याङ, २० जना आगलागी, ३० जना डुबान, ५६ जना करेन्ट, २३ जना सर्पको टोकाइ, ६८ जना भिरबाट लडि, १३ जना जंगली जनावरको आक्रमण, ८ जना भुकम्प एकजना हावाहुरीबाट ज्यान गुमाउने नागरिक छन् । यसैगरी एकजनाको महामारी, एकजनाको हिमपात र दुईजनाको कटानमा परेर मृत्यु भएको हो । यसैगरी दुई हजार ३२३ चौपायाको मृत्यु र प्रदेशका एक हजार ७६६ घरमा आंशिक र ९६० घर पूर्ण रूपले क्षति भएको तथ्यांकमा उल्लेख छ।

मनसुन भित्रिएसँगै विपद्बाट हुने क्षतिको अनुमानमा अझै बढी जोखिम मानिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रालयका अनुसार चालु मनसुनको अवधीमा चार हजार घर जोखिममा पर्ने अनुमान गरिएको छ । विपद व्यवस्थापन कार्यालयले प्रदेशमा ४० को संख्याका हिमताल फुट्न सक्ने संभावनालाई आंकलन समेत गरेको छ ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मनसुनजन्य विपद् न्युनीकरण र प्रतिकार्य योजना अनुसार जोखिममा पर्नसक्ने बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने स्थितिलाई मध्यनजर गरिएको छ । त्यसका लागि सुरक्षा निकायद्वारा पूर्व सूचना दिने र सतर्क गराउने संरचना तयार पारिएको मन्त्री भण्डारीको दावी छ ।

विपद व्यवस्थापन, प्रतिकार्य तथा न्युनीकरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय पालिका, जिल्ला सुरक्षा समितिसहितसँग समन्वय गर्ने काम भईरहेको मन्त्री भण्डारी बताउँछन् । सबै निकाय आफ्नो जनशक्ति सहित तयारी अवस्था रहेको बताउँदै मन्त्री भण्डारीले भने–आवश्यक पर्ने उपकरण खरिद गर्न बजेटमा समेत व्यवस्थापन गरिएको छ । उनले जरुरी परेको अवस्थामा कुनै पनि सामाग्री अभावले काम रोकिन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

जिल्ला सुरक्षा समितिमार्फत हरेक जिल्लामा तीनवटै सुरक्षा संयन्त्र, स्थानीय तहहरु अलर्ट रहेर एकअर्कासँग सहकार्य र समन्वय भईरहेको मन्त्री भण्डारीको भनाई छ । मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार मनसुनजन्य विपदमा परेका नागरिकको उद्धारका लागि एउटा हेलिकप्टर सरकारले तयारी अवस्थामा राख्नेछ । यसवर्ष औषत भन्दा बढी वर्षा हुने संभावनालाई मध्यनजर गरेर अर्को पनि हेलिकप्टरसँग अलर्ट समन्वय गर्नसक्ने संभावना रहेको थापाले बताए । विपद् न्युनीकरण्का लागि प्रदेशमा नौवटा क्लष्टर छुट्याइएको छ । बिपद पूर्व तयारी तथा प्रतिकार्य प्रदेश योजना–२०८२ पारित गरेर कार्यन्वयनमा ल्याइएको छ । त्यसका आधारमा आवश्यक पर्ने सामाग्री व्यवस्थापन गर्ने कार्य रहेको उपसचिव थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्