वेकअप कफीका अभिनायक मल्ल ‘वर्ल्ड अफ कफी’ कार्यक्रमका लागि जेनेभा जाँदै

<span class='c1'>वेकअप कफीका अभिनायक मल्ल ‘वर्ल्ड अफ</span> <span class='c2'>कफी’ कार्यक्रमका लागि जेनेभा जाँदै</span>

विराटनगर, असार ६
नेपाली अरेबिका कफीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन विराटनगरका वेकअप कफीका संस्थापक तथा कफी उद्यमी अभिनायक मल्ल स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेका छन्।

उनले आगामी जुन २६ देखि २८ सम्म जेनेभामा हुने ‘वर्ल्ड अफ कफी’ नामक अन्तर्राष्ट्रिय कफी कार्यक्रममा सहभागिता जनाउँदै छन्। कार्यक्रममा मल्लले नेपालको वेकअप अरेबिका कफी ब्रान्ड प्रस्तुत गर्नेछन्।

यस प्रतिष्ठित कार्यक्रम विश्वका कफी व्यवसायी, उत्पादक तथा व्यापारीहरूको भव्य जमघट मानिन्छ, जहाँ ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय कफी ब्रान्डहरूले आ–आफ्नो कफी उत्पादन तथा प्रविधि प्रदर्शनी गर्नेछन्।

कार्यक्रममा १३ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ।

वेकअप कफीका प्रतिनिधि मल्लले यस कार्यक्रमले नेपाली अरेबिका कफीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। “नेपालको पहाडी भूभागमा उत्पादन हुने अर्गानिक अरेबिका कफी विश्वस्तरको गुणस्तर राख्दछ। यस कार्यक्रमबाट नेपालका सम्भावनाहरू विश्व सामु राख्न पाउने अवसर पाउँदा गर्व लागेको छ,” उनले भने।

नेपालबाट प्रतिनिधित्व गर्दै जान लागेको वेकअप कफीको सहभागिताले देशको कफी उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्