सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसंग ३४ रनले पराजित

<span class='c1'>सिरिजको अन्तिम खेलमा नेपाल</span> <span class='c2'>स्कटल्यान्डसंग ३४ रनले पराजित</span>

नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ।
नेपाललाई शुक्रबार भएको अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डले ३४ रनले पराजित गरेको हो।

पराजित भएसँगै नेपालले सिरिज जित्न भने असफल भयो। सिरिजका चार मध्ये नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भयो। नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड दुवैलाई एक एक खेलमा हराउँदा एक एक खेलमा पराजय भोग्यो। सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि समान दुई दुई जित र दुई दुई हार ब्यहोर्दै चार चार अंक जोडे। रनरेटमा भने स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए।

शुक्रबार ग्लास्गोमा स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमा अलआउट भयो। नेपालको ब्याटिङ कुनै बेला पनि राम्रो भएन। कुशल भुर्तेल ४ रन जोड्दा पहिलो ओभरमै आउट भए।

त्यसपछि भीम सार्की १२ रनमा आउट हुँदा आसिफ शेख १४ रनमा रनआउटको सिकार भए। आरिफ शेख पनि ५ रनमा सफायन सरिफबाट बोल्ड भए। लगत्तै लोकेश बम ५ रनमा पेभिलियन फर्कदा नेपालको इनिङ संकटमा पर्‍यो।
कप्तान रोहित पौडेलले २७ रन र दीपेन्द्रसिंह ऐरी ३४ रन जोडेर आउट भएपछि नेपालको आसा सकियो।

रुपेश सिंहले नटआउट ४३ रन जोडे पनि जिततर्फ डोहोर्‍याउन सकेनन्। उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा स्कटल्यान्डका क्रिस गेइभ्सले ३ विकेट लिए।घरेलु टोली स्कटल्यान्डले ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९३ रन जोड्यो।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ७८ रन बनाए। उनले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै ब्रान्डन म्याकमलेनले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए। यस्तै माइकल लिक्सले १७ बलमा नटआउट २६ रन र म्याथ्यु क्रसले १३ बलमा नटआउट १७ रन बनाए।
बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्