नेपाल प्रिमियर लिग सिजन २ को लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गर्यो

<span class='c1'>नेपाल प्रिमियर लिग सिजन २ को लागि</span> <span class='c2'>सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गर्यो</span>

नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गरेको छ ।

टोलीले राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको छ भने उनीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन्।
यसपटक टोलीले केही पुराना खेलाडीहरूलाई रिलिज गर्दै टिम संरचनामा नयाँ योजना ल्याउने संकेत दिएको छ।

रिलिज गरिएका खेलाडीहरूमा अर्जुन कुमाल, नरेश बुढाएर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री छन्।
सुदूरपश्चिम रोयल्सले रिलिज भएका सबै खेलाडीहरूलाई योगदानका लागि धन्यवाद दिँदै उनीहरूको सफल भविष्यको शुभकामना व्यक्त गरेको छ।

साथै, टोलीले आगामी ट्रायल र ड्राफ्टमार्फत नयाँ अनुहारहरूलाई अवसर दिने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्