मेरिल्याण्ड कलेज विराटनगरलाई फोकस नेपालको सर्वोत्कृष्ट कलेज सम्मान

<span class='c1'>मेरिल्याण्ड कलेज विराटनगरलाई फोकस</span> <span class='c2'>नेपालको सर्वोत्कृष्ट कलेज सम्मान</span>

विराटनगर असार ७ ,
व्यवस्थापन शिक्षामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले देशभरिका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्टको रुपमा सम्मान गरेको छ। एक भव्य समारोहका बीच नेपाल आर्मी क्लब, भृकुटी मण्डप, काठमाण्डौमा आयोजित कार्यक्रममा सम्माननीय पूर्व प्रधानमन्त्री (मन्त्रीपरिषद् अध्यक्ष) खिलराज रेग्मीबाट कलेजले सम्मान प्राप्त गर्‍यो।

उक्त अवसरमा कलेजका प्रधानाध्यापक लक्ष्मण ढकालले समस्त विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी तथा शुभेच्छुकप्रति सगौरवपूर्ण धन्यवाद प्रकट गर्दै भने, “यो सम्मान सम्पूर्ण मेरिल्याण्ड परिवारको सामूहिक प्रतिबद्धताको नतिजा हो। आगामी दिनमा हामी अझ उत्कृष्टता हासिल गर्न प्रतिबद्ध छौँ।”

साथै, मेरिल्याण्ड कलेजले यो शैक्षिक सत्रदेखि विज्ञान संकाय समेत सञ्चालन गर्ने घोषणा गरेको छ, जसले विराटनगर क्षेत्रका विद्यार्थीहरूका लागि थप शैक्षिक अवसरहरू प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्