भारतीय नागरिक अवैध हतियारसहित काँकरभिट्टाबाट पक्राउ

<span class='c1'>भारतीय नागरिक अवैध</span> <span class='c2'>हतियारसहित काँकरभिट्टाबाट पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट एक भारतीय नागरिकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक हुन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लामाको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका पाठकमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्