विराटनगरमा सञ्चार विधेयक २०८१ विषयक सरोकारवालाबीच समिक्षात्मक छलफल सम्पन्न

<span class='c1'>विराटनगरमा सञ्चार विधेयक २०८१ विषयक</span> <span class='c2'>सरोकारवालाबीच समिक्षात्मक छलफल सम्पन्न</span>

विराटनगर, असार ८ , कोशी प्रदेशमा सञ्चारसम्बन्धी कानुनी संरचना निर्माणका लागि तयार गरिएको “कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१” माथि आज विराटनगरमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ।

साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजनामा होटल रुबिज, विराटनगरमा सम्पन्न उक्त छलफलमा सञ्चारकर्मी, कानुन व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाज प्रतिनिधि तथा विविध सरोकारवाला क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विधेयकको विभिन्न दफा तथा व्यवस्थाहरूको समिक्षा गर्दै सुझाव संकलन गर्नु रहेको थियो। सहभागीहरूले विधेयकका केही बुँदाहरूमा स्पष्टता आवश्यक रहेको जनाउँदै विधेयक जनउत्तरदायी, प्रेस स्वतन्त्रता अनुकूल र व्यावहारिक हुनुपर्नेमा जोड दिए।

छलफलबाट संकलित सुझाव तथा सिफारिसहरूलाई कोकनले समेटेर प्रदेश सरकार तथा सरोकार निकायमा औपचारिकरूपमा पेस गर्ने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्