विराट ब्लड बैंकले मनायो सप्ताव्यापी विश्व रक्तदाता दिवस

<span class='c1'>विराट ब्लड बैंकले मनायो</span> <span class='c2'>सप्ताव्यापी विश्व रक्तदाता दिवस</span>

विराटनगर। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको विराट ब्लड बैंकले सप्ताव्यापी रूपमा विश्व रक्तदाता दिवस मनाएको छ। 'विराट लाईफ सेभर ब्लड डोनेसन ड्राईभ भी ३' कार्यक्रम सप्ताव्यापी रूपमा मनाएको हो।

उक्त कार्यक्रममा १७७ जनाले रक्तदान गरेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। विश्व रक्तदाता दिवसको अवसरमा प्रेरणादायी टिकटक भिडियो वा रिल बनाउनेको प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगिताको विजेता केही दिनमा घोषणा हुने छ।

त्यसैगरी रक्तदान गरेकाहरूमध्येबाट लक्की ड्र गराएर पहिलो हुनेलाई स्मार्टवाच, दोस्रो हुनेलाई इयरबड्स र तेस्रो हुनेलाई पावर बैंक उपहार दिने ब्लड बैंकका इन्चार्ज दाहालले जानकारी दिए।

२४ घण्टा नै सेवा दिइरहेको विराट ब्लड बैंकले माग बमोजिम बिरामीलाई रगत वितरण गर्दै आएको छ। आकस्मिक रक्तदाता र दुर्लभ रगत समूह भएका रक्तदाताको सूची बनाएर आवश्यक बिरामीलाई रगत दिन सक्ने गरी सेवा दिँदै आएको विराट ब्लड बैंकले जनाएको छ।

विराट ब्लड बैंकमा रक्तदान गर्ने रक्तदाताहरूलाई सहुलियत कार्ड, प्रमाणपत्र, मायाको चिनो दिँदै आएको छ। सहुलियत कार्डअन्तर्गत जनरल ओपीडी सेवामा १०० प्रतिशत छुट, विशेष ल्याब परीक्षणहरूमा १० प्रतिशत, दैनिक ल्याब परीक्षणहरूमा १५ प्रतिशत, युएसजी/ईसीजीमा २५ प्रतिशत, एक्स-रे/सिटी/एमआरआईमा १० प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २० प्रतिशत, दूरबीनद्वारा गरिने शल्यक्रिया १० प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयूमा १० प्रतिशत, औषधीमा ७ प्रतिशत, जनरल बेडमा १५ प्रतिशतको छुटको व्यवस्था रहेको छ।

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा संचालनमा रहेको अत्याधुनिक र सुविधा सम्पन्न ब्लड बैंक हो। शिक्षा अस्पतालभित्र निजी क्षेत्रबाट संचालित एकमात्र विश्वस्तरीय ब्लड बैंक विगत ३ वर्ष संचालन हुँदै आएको छ।

संचालनमा आएको ब्लड बैंकमा ब्लड कम्पोनेन्ट छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लडबाट ३ जनासम्म बिरामीले जीवनदान पाउन सक्छन्। र बच्चाहरूको लागि नयाँ प्रविधि एक जनाले दिएको ब्लडले ४ जना बालबालिका र दुई जना वयस्क गरि जम्मा ६ जनाको जीवन बचाउन सकिन्छ ।

बिरामीलाई रगत प्रयोग गर्दा चाहिएको आवश्यक ब्लड कम्पोनेन्ट प्रयोग गर्नुपर्ने ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए।
तर ब्लड बैंक संचालनमा आएदेखि अन्त्य भएको छ। यसले बिरामीको उपचारमा सहज हुने अस्पतालले जनाएको छ।

'अहिलेको आधुनिक उपकरणहरू ल्याएर ब्लड बैंकमा राखिएको छ। यहाँ लामो समयसम्म रगत सुरक्षित राख्न सकिन्छ। माइनस ८० डिग्रीसम्मको फ्रिजमा रगत सुरक्षित राख्न सकिने छ,' उनले भने, 'सात सात वर्षसम्म ब्लड सेल्स राख्न सक्ने क्षमता रहेको छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्