औषधी व्यवसायी संघद्धारा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामाग्री वितरण

<span class='c1'>औषधी व्यवसायी संघद्धारा विराटेश्वर</span> <span class='c2'>वृद्धाश्रममा स्वास्थ्य सामाग्री वितरण</span>

विराटनगर । नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसको शुभ अवसर पारेर विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामाग्री वितरण र भोजन कार्यक्रम गरेको छ ।
नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिनको कार्यक्रम अन्तर्गत आइतबार विराटेश्वर वृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरूलाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो। यस अवसरमा वृद्धाश्रमका सबै बासिन्दाहरूलाई स्वादिष्ट भोजन पनि प्रदान गरिएको थियो।


पाँचौं दिनको यस कार्यक्रमको संयोजकत्व संघकी सचिव सरिता श्रेष्ठले गरेकी थिइन्। कार्यक्रममा वृद्धाश्रमका बासिन्दाहरूले औषधि व्यवसायी संघको यस पहलको भरपूर प्रशंसा गरेका थिए। विशेषगरी स्वास्थ्य सामाग्रीको वितरणले उनीहरूको दैनिक आवश्यकतालाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
यसैविच सोमबार बिहान १० बजेदेखि विराटनगरको अस्पताल चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने संघका अध्यक्ष ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्