ट्राफिक प्रहरीको विशेष चेकजाँच, ४२ जनामा ११ जना पोजेटिभ

<span class='c1'>ट्राफिक प्रहरीको विशेष चेकजाँच, ४२</span> <span class='c2'>जनामा ११ जना पोजेटिभ</span>

इन्दु साह
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिका–४ मा सोमबार विशेष चेकजाँच तथा स्वास्थ्य परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ट्राफिक सप्ताहको अवसरमा विशेष चेकजाँच कार्यक्रम अन्तर्गत ४२ जना चालक तथा सहचालकको मादक पदार्थ तथा लागु पदार्थ सेवन परीक्षण गरिएको थियो । जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

तीमध्ये बस, मोटरसाइकल, म्याजिक, विङ्गर र स्कुटर जस्ता सवारी साधन चलाउने चालकहरू रहेका थिए। लागुऔषध वा मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएका उनीहरूलाई सचेतना दिइएको लम्सालको भनाई छ । उनीहरूको अभिवृत्तिमा सुधार ल्याउने उद्देश्यले कडाइका साथ सम्झाइएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकहरूको सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरेका छन् । सवारी कागजातहरूको जाँच, सुरक्षित लेनअनुशासन, ओभरटेक र तीव्र गति नियन्त्रणबारे जानकारी, जेब्रा क्रसमा पैदलयात्रीलाई प्राथमिकता दिने अभ्यासदेखि लिएर ट्राफिक लाइट र साइडलाइट प्रयोगसम्बन्धी सन्देश फैलाईएको छ। साथै, मोटरसाइकल र स्कुटरको अगाडि भागमा बालबालिका राखेर सवारी नचलाउन आग्रह गरिएको थियो।

सचेतना बढाउन ब्रोशरहरू वितरण गरिए भने अनुशासित र उत्कृष्ट चालकहरूलाई सम्मानस्वरूप पुरस्कृत समेत गरिएको थियो । जिल्ला ट्राफिक कार्यालय मोरङले यस्तो अभियानमार्फत सवारी साधन प्रयोगकर्ताहरूलाई सुरक्षाबोध गराउँदै ट्राफिक नियमप्रति सजग र जिम्मेवार बनाउने अभियानलाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्