नेपाल औषधि व्यवसायी संघको रक्तदान कार्यक्रम

<span class='c1'>नेपाल औषधि व्यवसायी</span> <span class='c2'>संघको रक्तदान कार्यक्रम</span>

विराटनगर । नेपाल औषधि व्यवसायी संघ, मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका दृष्टिले महत्वपूर्ण मानिएको यस कार्यक्रम संघको सप्ताहव्यापी गतिविधिको छैटौं दिनको प्रमुख कार्यक्रमको रूपमा सम्पन्न भएको हो।


संघका अध्यक्ष देशबन्धु ढकालका अनुसार कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, औषधि व्यवसायी तथा अन्य इच्छुक व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको संयोजन संघका कोषाध्यक्ष मनोज मण्डलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा विराटनगर–७ का वडा अध्यक्ष मधुबाबु तिवारीको उपस्थिति रहेको थियो। वडा अध्यक्ष तिवारीले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिने भएकाले संघलाई धन्यवाद ज्ञापन गर्दै निरन्तरता दिनुपर्ने बताए।

संघले स्थापना दिवसको अवसर पारेर सञ्चालन गरिरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसअघि पनि विविध सामाजिक एवं स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। सप्ताहव्यापी कार्यक्रमको औपचारिक समापन समारोह मंगलबार संघको कार्यालय भवनमा हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्