विराटनगर, असार १०,
शिक्षाबाट सीप र उद्यमतर्फको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा उद्यमशीलता तालिम सम्पन्न भएको छ। हेल्भेटस नेपाल र इन्सियोरको सहयोगमा आयोजित उक्त तालिमले विद्यार्थीहरूलाई व्यावसायिक सोच र सीप विकासमा केन्द्रित गरेको थियो।
तालिम पश्चात् विद्यार्थीहरूले पाँच समूहमा विभाजित भई आ–आफ्नो व्यावसायिक योजना सोमबार एक कार्यक्रमबीच प्रस्तुत गरेका थिए। कार्यक्रमका निर्णायकको भूमिका कन्टेन्ट क्रिएटर सरोज कार्की र युवा उद्यमी विवेक दाहालले निर्वाह गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट तीन समूहले ७ हजार रुपैयाँको सिड मनी प्राप्त गरेका छन्। विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईंका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा उद्यमशील सोचको विकास गरी भविष्यमा स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
