विराटनगरमा जारी एस.ई.ई.कप मा तीन विद्यालय विजय

<span class='c1'>विराटनगरमा जारी एस.ई.ई.कप मा</span> <span class='c2'>तीन विद्यालय विजय</span>

विराटनगर विराटनगरमा जारी चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सनसाइन सेकेण्डरी बोर्डिङ स्कुललाई एजेलियाले बोर्डिङ स्कुललाई १-० गोलले पराजीत गरेको गरेका छन् । विराटनगर–१ पोखरीयामा मंगलबार भएको खेलमा सनसाइन र एजेलिया स्कुल भिडेका थिए । पहिलो खेलमा सनसाइन तर्फबाट एक गोल अभय सहनीले गरेका छन भने म्यान अफ दि म्याच सोही स्कुलका अनिश खड्का घोषित भए। त्यसै गरी दोस्रो खेलमा नरग्राम माविले किसान मावि दादरबेरियालाई ५-० गोलले पराजित गरेको छ।

नरग्रामकोे तर्फ बाट राम बस्नेतले ३ गोल गरेका छन भने नवादित दनारलले दुई गोल गरेका छन सो खेलमा राम बस्नेत म्यान अफ दि म्याच घोषित भए। आजै भएको अन्तिम खेलमा बाल आदर्शको तर्फबाट म्यान अफ द म्याच सुमन चौधरी घोषित भए। त्यसैगरी भोलिको पहिलो खेल अर्पण बोर्डिङ स्कुल विरुद्ध विराट शिक्षा निकेतन त्यसैगरी भोलिको दोस्रो खेल दर्पण बोर्डिङ स्कुल विरुद्ध दिल्ली पब्लिक स्कुल त्यसैगरी भोलिको तेस्रो खेल स्मृति बोर्डिङ स्कुल विरुद्ध युनिक एकेडेमी बुढीगंगा बीच हुनेछ । भोलिको अन्तिम खेल शारदा बोर्डिङ स्कुल इटहरी विरुद्ध वीरेन्द्र मावि लखनतरी बीच हुने भएको छ । वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्