विराटनगरमा स्लो मोटरसाईकल रेस प्रतियोगिता, धनपालथानका निरज गच्छदार भए विजेता

<span class='c1'>विराटनगरमा स्लो मोटरसाईकल रेस प्रतियोगिता,</span> <span class='c2'>धनपालथानका निरज गच्छदार भए विजेता</span>

विराटनगर बिस्तारै जाँदापनि गन्तव्यमा पुग्न सकिन्छ’ भन्ने सन्देश फैलाउने उद्देश्यसहित विराटनगरमा स्लो मोटरसाइकल रेस प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक सप्ताह–२०८२ को अवसरमा विराटनगर विमानस्थलको पार्किङ क्षेत्रभित्र आयोजित सो प्रतियोगितामा मोरङ र सुनसरीका ३६ जना युवा मोटरसाइकल चालकले सहभागिता जनाएका थिए ।

३५ मिटरको दुरी सबभन्दा ढिलो समयमा पार गर्नुपर्ने नियम रहेको सो रेसमा मोरङ, धनपालथान–३ का निरज गच्छदार प्रथम भएका छन् । उनले १ मिनेट ३१ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । सुनसरी, बर्जु गाउँपालिका–१ का सृजन कुमार राय १ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा रहँदा सोही पालिकाका रामप्रकाश कामत १ मिनेट २३ सेकेण्डको समयसहित तेस्रो भए ।विजेताहरुलाई क्रमशः नगद ८ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले प्रदान गरेका थिए ।सो अवसरमा बोल्दै प्रमुख लम्सालले ट्राफिक जनचेतनामूलक सन्देश फैलाउन कार्यक्रम गरिएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरण गर्न गति घटाउनु जरुरी छ । यस कार्यक्रममार्फत बिस्तारै गइए पनि सुरक्षितरूपमा लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो । प्रतियोगितामा खुट्टा टेक्न नपाइने, मोटरसाइकल स्टार्ट बन्द हुनु नहुने र सन्तुलन कायम राख्दै तय गरिएको दुरी सबैभन्दा ढिलो पार गर्नुपर्ने नियम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्