विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको बुढीगंगा गाँउ युवा परिषद्को आयोजनामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता आयोजन हुने भएको छ । बुढीगंगा गाँउ युवा परिषद्ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यही असार १३ गतेदेखि २१ गते सम्म प्रतियोगिता हुने जनाएको हो । ‘तिन युग तिन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वकोे सम्मान’ भन्ने नारा सहित बुढीगंगाको दुई स्थानमा प्रतियोगिता आयोजना गर्न लागिएको बुढीगंगा गाँउ युवा परिषद्का अध्यक्ष पुजेश कोईरालाले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोतिामा ७ वटा वडा सहित १ पालीका गरी ८ वटा टिमहरु सहभागी हुने कोइैरालले बताए ।
कोईरालाका अनुसार खेल ३ चरणमा हुनेछ , पहिलो १३ गते देखि १६ गते सम्म नक आउट दोस्रो चरणमा १८ र १९ गते सेमीफाईनल तथा तेस्रो चरणमा २१ गते फाईनल हुने छ । फुटवल खेल विजेता टिमलाई ५० हजार नगद र उपविजेता टिमलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने र म्यान अफ द म्याच लाई २५ सय नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अवधीभरी उत्कष्ट गोल गर्ने खेलाडीलाई २५ सय नगद साथै म्यान अफ द सिरिजलाई ५ हजार नगद बाट पुरस्कृत गरिने भएको छ । साथै प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अनुमानित गरिएको छ ।