विराटनगर । विराटनगर –७ स्थीत मेरिल्याण्ड र काठमाण्डौ बागबजार स्थीत केएमसी शैक्षिक संस्थाविच भएको सहकार्य (शैक्षिक सहकार्य) शुरु भएको छ ।
शुक्रबार के एमसी बागबजारबाट आउनु भएका केमेस्ट्री विषयका वरिष्ठ शिक्षक प्रकाश पौडेलले मेरिल्याण्डमा व्रिजकोर्ष गरिरहेका विद्यार्थीहरुलाई केमेस्ट्रि विषयको आधारभुत शिक्षा तथा कलेज छनौट र भविष्यमा सफलता प्राप्त गर्ने शुत्र बताउनुभयो ।
उहाँले विराटनगरको मेरिल्याण्ड व्यवस्थापन शिक्षामा अब्बल रहेको र अब विज्ञान संकायमा पनि मेरिल्याण्ड अव्वल हुने कुरा मैले यहाँको गतिविधिबाट सजिलै आँकलन गरेको बताउनुभयो। विद्यार्थीहरुबाट लिएको प्रतिक्रियामा इटहरीकी सरला अधिकारीले मैले अहिलेसम्म यस्तो सजिलै तरिकाले नयाँ ढङ्गले सबै क्षमताका विद्यार्थीहरुले सजिलै बुझ्ने गरी पढाउने सर स्कुल पढ्दा नदेखेको बताइन ।
कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले यो एकेडेमिक सहकार्यले मेरिल्याण्डका विज्ञान तथा व्यवस्थापन दुबै संकायका विद्यार्थीहरुलाई फाइदा हुने बताउनुभयो । मेरिल्याण्ड कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्था मानिन्छ ।

स्मरण रहोस् मेरिल्याण्डले यसै शैक्षिक सत्रदेखि विज्ञान विषय पनि व्यवस्थित तरिकाले सञ्चालन गर्ने बताएको छ ।