विराटनगरको एभरेष्ट स्कुलका १३३ जना विद्यार्थी उच्च जीपीएसहित उत्तीर्ण

<span class='c1'>विराटनगरको एभरेष्ट स्कुलका १३३ जना</span> <span class='c2'>विद्यार्थी उच्च जीपीएसहित उत्तीर्ण</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले २०८१ सालको एसईई परिक्षाको परिणाममा पनि उत्कृष्टता हासिल गरेको स्कुलको दाबी छ ।

१ सय ७१ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा १ सय ३३ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । जसमध्ये दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४ जीपीए ल्याउनुभएको छ । यस्तै बाँकी ३८ जना विद्यार्थीले समेत ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए ल्याएको विद्यालय प्रशासनले जानकारी दिएको छ । एभरेष्टको २५ औं ब्याचसम्म आइपुग्दा शैक्षिक गुणस्तर निरन्तर उकालो लाग्दै आएको छ । भौतिक पूर्वाधारसहित शैक्षिक वातावरणमा कोशी प्रदेशकै अब्बल शैक्षिक संस्थाको रुपमा परिचित एभरेष्ट स्कुलले विद्यार्थीको शिक्षाको गुणस्तर, ब्यक्तित्व विकास र चरित्रवान बनाउन निरन्तर खोज तथा अनुसन्धान गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

एसईईको परिक्षाफलको विषयमा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अहिलेको नतिजा विगतकै निरन्तरता रहेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो,‘एभरेष्टको इतिहासकै निरन्तरता हो, एभरेष्टका नतिजा हरेक वर्ष झन् भन्दा झन् राम्रो बनाउन निरन्तर लागिरहेका छौं ।’

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्टले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै आएको छ । भारतको दिल्लीमा सफल अभ्यास भएको ह्यापिनेश करिकुलम, विश्वस्तरीय कम्प्युटर सिकाईका लागि बेलायतको डिजी स्कुल, विभिन्न खोज तथा अनुसन्धानका लागि कारखानालगायतका विभिन्न संस्थाहरुसँग एभरेष्टको सहकार्य गरेको छ ।

शिक्षण सिकाई सैद्धान्तिक, प्रयोगात्मक, प्रविधिमैत्रि र नैतिक शिक्षाको सन्तुलनसहितको हुनुपर्नेमा जोड दिँदै एभरेष्ट ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको छ । हरेक कक्षा कोठा वातानुकुलित बनाएको एभरेष्टले अतिरिक्त कृयाकलापमा र खेलकुदका क्षेत्रलाई उत्तिकै महत्व दिएको छ । एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरेको छ ।

यस्तै, संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेर बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर एभरेष्टले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस्तै पटक पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेर एभरेष्टले आफ्नो शैक्षिक गुणस्तरको निरन्तरता राखेको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्