नेपाल युवा उद्यमी मंच विराटनगरको लर्निंग सेसन सम्पन्न

<span class='c1'>नेपाल युवा उद्यमी मंच</span> <span class='c2'>विराटनगरको लर्निंग सेसन सम्पन्न</span>

नेपाल युवा उद्यमी मंच विराटनगरले लर्निंग सेसन सम्पन्न गरेको छ । विराटनगरमा शुक्रबार साँझ ह्यापी आवर हेभेनमा सम्पन्न लर्निंग सेसनमा नेपालको व्यापारिक परिदृश्य, अवसर र सावधानीहरुका विषयमा जानकारी गराईएको थियो ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सीए सुरज तिम्सिनाले युवा उद्यमीहरुलाई बिभिन्न गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष सीए तिम्सिनाले वर्तमान अवस्थामा नेपालमा देखिएको व्यापार चुनौती र राज्यका निती तथा अवसरहरुका वारेमा प्रकाश पर्नुभयो । उहाँले हालै सरकारले प्रस्तुत गरेको आ.व. २०८२-८३ को बजेटको सारांश, प्राथमिकता र मुख्य विषयवस्तुहरुको विषयमा पनि जानकारी गराउनु भयो । उहाँले आर्थिक विधयेक मार्फत आयकर ऐन, मू.अ र कर ऐन तथा अन्तशुल्क ऐन एवम् भन्सार ऐनमा भएको परिवर्तनबारे पनि जानकारी दिनुभएको थियो ।

व्यवशाय गर्दा आइपर्ने समस्या र करको नीति सम्बन्धमा बढी भन्दा बढी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देलले बताउनुभयो । उहाँले यसखाले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । यसखाले कार्यक्रमले युवा उद्यमीहरुलाई लेखा र करका विषयमा अझ स्पष्ट हुने मौका मिलेको सहभागीहरुले बताए । कार्यक्रममा युवा उद्यमी मंच विराटनगर च्याप्टमा आवद्द युवा व्यवसायीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्