जन्मकैद फैसला सुनाएका विराटनगरका राजकुमार सहनी १७ बर्षपछि पक्राउ

<span class='c1'>जन्मकैद फैसला सुनाएका विराटनगरका राजकुमार</span> <span class='c2'>सहनी १७ बर्षपछि पक्राउ</span>

विराटनगर । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका आरोपी राज कुमार सहनी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १५ निवासी सहनीलाई श्री इलाका प्रहरी कार्यालय रानीबाटको टोलीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

वि।सं। २०६५ साल वैशाख २६ गते दिउँसो १२ बजे घटित भएको हत्या काण्डमा आरोपी सहनी फरार भएका थिए। उनीमाथि सोही ठाउँका १५ वर्षीय शम्भु कुमार सहनीको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार, आरोपी राज कुमार सहनीले शम्भु कुमार सहनीलाई घरबाट साथमा लगेर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए। त्यसपछि शवलाई दुई टुक्रा पारेर बोरामा राखी विराटनगर महानगरपालिका १६ स्थित नहरमा फालेका थिए ।

घटनाको दुई दिनपछि अर्थात् वैशाख २८ गते बिहान उक्त नहरमा शव फेला परेको थियो। त्यसयता आरोपी सहनी फरार भएका थिए । मोरङ जिल्ला अदालतले वि.सं २०७७ साल माघ २० गते आरोपी सहनीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजायको फैसला सुनाएको थियो।

ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राई र प्रहरी नायब निरीक्षक सुवास अधिकारी नेतृत्वको टोलीले असार १३ गते साँझ ६ बजे नेपाल भारत सीमाक्षेत्र हाट नजिकबाट आरोपी सहनीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिनुभयो । पक्राउ परेका सहनीलाई हाल थुनामा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्