विराटनगरको जेम्स स्कुलकी छात्रा श्रीजी २१ हजार नगद सहिद सम्मानित

<span class='c1'>विराटनगरको जेम्स स्कुलकी छात्रा श्रीजी २१</span> <span class='c2'> हजार नगद सहिद सम्मानित</span>

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको जेम्स इन्टरनेसनल स्कुलकी छात्रा २१ हजार नगद सहित सम्मानित भएकी छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी स्कुलकी छात्रा श्रीजी पोखरेललाई स्कुलले नगदसहित सम्मान गरेको हो ।एसइईमा ४ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेकी पोखरेललाई सोमबार स्कुलले एक कार्यक्रममाको आयोजना गरी २१ हजार रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरेको हो ।

सम्मानपछि बोल्दै उत्कृष्ट अंक हासिल गरेकी श्रीजीले स्कुलको शैक्षिक वातावरण , आफ्नो पढाई प्रतिको मेहनत र शिक्षकको सहयोगले आजको सफलता चुमेको सुनाइन् । विराटनगर ३ घर भएकी श्रीजीकी आफ्नी आमा सुमना आर्चाय सहित उपस्थिती भएकी थिईन् । स्कुलले आमालाई पनि खदा लगाएर सम्मान गरेको थियो ।

यस वर्ष जेम्स स्कुलबाट कुल २६ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा पोखरेलले पूर्ण अंक ल्याएकी हुन् । उनीसहित स्कुलका १३ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिएसम्म ल्याए भने ११ जनाले ३.२१ देखि ३.६० सम्म जिपिए ल्याएका छन् । यस्तै, दुई जना विद्यार्थीले २.९५ देखि ३.२० सम्म ग्रेड पाएको स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । साथै कार्यक्रममा यसपटकको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि फुलको बुक्की , खदा र अविर लगाएर सम्मान गरेको थियो । सम्मानित विद्यार्थीहरुलाई स्कुलका प्रिन्सीपल पंकज खड्का, डाईरेक्टर भेषराज पोखरेल, डा.मनोज कुमार गुप्ता, पंकज साह, दिपेश भगत लगायतले विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी दिनको शैक्षिक उज्जवल भविष्यको शुभकामना दिएका थिए ।

कार्यक्रममा स्कुलका डाइरेक्टर भेषराज पोखरेलले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै यस वर्षको एसइई परीक्षाको उत्कृष्ट नतिजाले त्यसको प्रमाण दिएको बताए । साथै पोखरेलले आगामी बर्षहरुमा श्रीजीले जस्तै उत्कृष्ट अंक ल्याएर स्कुलको नाम रोशन गर्न शुभकामना दिए ।

जेम्स स्कुलमा हाल ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । साथै कार्यक्रममा अन्य साना कक्षाका विद्यार्थी भाईबहिनीहरुले सम्मानित विद्यार्थीहरुलाई ताली बजाएर हौसाल प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्