अरनिको कलेजमा कक्षा ११ मा नयाँ भर्नाका लागि विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै

<span class='c1'>अरनिको कलेजमा कक्षा ११ मा नयाँ</span> <span class='c2'>भर्नाका लागि विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै</span>

विराटनगर । विराटनगरको तिनटोलियामा विगत २५ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको अरनिको कलेजमा कक्षा ११ मा नयाँ भर्नाका लागि विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गएको कलेजले जनाएको छ ।

नेपालकै प्रतिष्ठित कलेजहरूमध्ये एकका रूपमा स्थापित अरनिको कलेजले विगतमा हजारौं डाक्टर, इन्जिनियर र कुशल नागरिक उत्पादन गर्दै आएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित यो कलेजमा कोशी प्रदेश मात्र नभई मधेस प्रदेशका विभिन्न जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन्।

टाढाबाट आउने विद्यार्थीहरूका लागि कलेजले होस्टेल सुविधा उपलब्ध गराएको छ भने यातायात सुविधा समेत सञ्चालनमा ल्याएको छ, जसले विद्यार्थी र अभिभावकहरूलाई थप सहजता प्रदान गरेको छ।

२०८१ सालमा कक्षा १२ को बोर्ड परीक्षामा अरनिको कलेजका दुई जना विधार्थी ३.९६ जिपिए ल्याएर नेपालमै बोर्ड प्रथम गरेको थिए । उत्कृष्ट नतिजा ल्याउँदै शैक्षिक क्षमताको प्रमाण दिँदै आएको छ। यस कलेजका विद्यार्थीहरु नेपालमा मात्र नभई विदेशमा समेत विभिन्नि शैक्षिक तथा प्रतियोगात्मक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कलेजको नाम चम्काइरहेका छन्।

कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा निःशुल्क पठनपाठनको व्यवस्था समेत गर्दै आएको छ, जसले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गरेको छ।

कलेजमा पुस्तकालय, आधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब खेलकुद, क्यान्टिन, लगायत सम्पूर्ण पूर्वाधारहरू छन्। साथै अनुभवी र दक्ष शिक्षक-शिक्षिकाद्वारा गुणस्तरीय शिक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

कोशी प्रदेशमै उज्ज्वल भविष्यको सुनिश्चितता गर्ने शिक्षाको गन्तव्यको रूपमा अरनिको कलेजले आफूलाई अझ मजबुत रूपमा स्थापित गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्