विराटनगरमा पनि क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल संचालनमा

<span class='c1'>विराटनगरमा पनि क्याम्ब्रिज विश्व</span> <span class='c2'>विद्यालयको ए लेभल संचालनमा</span>

विराटनगर ,असार १७
१२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ ।
ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौं गएर पढ्नु पर्ने उक्त कोष अब कोशी प्रदेशको राजधानी विराटनगरमा संचालन हुने भएको छ । विराटनगर- २ सहिद रोडमा रहेको कृतिका एजुकेशन हेल्थ फाउन्डेसन (यूरो कलेज) ले यसै शैशिक सत्रबाट क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल संचालन गर्न लागेको हो ।

उत्कृष्ट अन्तराष्ट्रिय स्तरको भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब र अन्तराष्ट्रिय शिक्षण विधिको अनुभव प्राप्त शैक्षिक समुहको संलग्नतामा कलेज संचालन हुन लागेको हो ।

ए–लेभल कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्ष इत्यादिको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सिप बढाउने उदेश्यसहित उक्त कलेज संचालन गर्न लागेको जनाइएको छ ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट पठनपाठन हुने र नेपालको अध्ययनपछि विश्वका अन्य ठाउँमा जाँदा सहजै अध्ययन गर्न पाइने हुँदा विद्यार्थीहरु ए लेभलप्रति आर्कषित छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २/२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ ।

त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने कलेजले जनाएको छ । कलेजले भर्ना हुने विद्यार्थीहरुलाई विभिन्न वर्कसप, अन्तराष्ट्रिय भ्रमणको अवसर, तालिम लगायतका अवसरहरु दिएर अन्तरास्ट्रिय स्तरका विद्यार्थीसंग प्रतिष्पर्धा गर्न सक्ने बनाउने लक्ष्य लिएको छ ।

कलेजमा साइन्स र नन साइन्स (म्यानेजमेन्ट) कोर्ष गर्न सकिने र उक्त कोर्षमा ३ लाख ८० हजार (म्यानेजमेन्ट) र ४ लाख ५० हजार (साइन्स) शुल्कमा सकिने पनि कलेजले जनाएको छ । एसइई दिएका विद्यार्थीहरुले उक्त कोर्षमा भर्ना हुन पाउनुका साथै कलेजले छात्रवृत्तिको समेत व्यवस्था गरेको दाबी गरेको छ।

परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको कलेजका कोअर्डिनेटर डा भविष्य मिश्रले जानकारी दिए । कलेजको आफ्नै परिक्षा सेन्टर समेत भएको हुनाले बिद्यार्थीले विराटनगर मै परिक्षा दिन पाउनेछन् ।

कृतिका एजुकेशन एण्ड हेल्थ फाउन्डेशनको नेतृत्वमा उक्त कलेजले कोर्ष सञ्चलनमा ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्