विराटनगरमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा रक्तदान कार्यक्रम

<span class='c1'>विराटनगरमा लायन्स क्लब अफ</span> <span class='c2'>विराटनगर सेन्ट्रलद्वारा रक्तदान कार्यक्रम</span>

विराटनगर, असार १७
लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा आज विराटनगरस्थित सप्तकोशी अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा ३२ पिन्ट रगत संकलन गरिएको क्लबकी अध्यक्ष लुना श्रेष्ठले जानकारी दिइन्। कार्यक्रममा विभिन्न पेशागत र सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

श्रेष्ठका अनुसार, अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला यस्तो कार्यक्रमले पीडितलाई जीवनदान दिन मद्दत पुर्‍याउने विश्वास लिइएको छ।
कार्यक्रममा क्लबका सदस्यहरू, स्वास्थ्यकर्मी, युवा स्वयंसेवक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। रक्तदानपछि सहभागीहरूलाई प्रमाणपत्रसहित धन्यवाद दिइएको थियो।

लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले यसअघि पनि स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय योगदान दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्