विराटनगरको कान्तिपुर कलेजमा १४ सय बढीले दिए प्रवेश परीक्षा

<span class='c1'>विराटनगरको कान्तिपुर कलेजमा १४ सय</span> <span class='c2'>बढीले दिए प्रवेश परीक्षा</span>

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजमा विद्यार्थीको कोटा भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाई प्रवेश परीक्षा दिएका छन् ।कोशी प्रदेश सहित मदेश प्रदेशबाट आएका विद्यार्थीहरुले ११ मा भर्ना हुनको लागि बिहीबार कलेज )परिसरमा १ हजार चार सय ३२ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको भएपनि १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिनुभयो ।

संकायगत कोटा वितरणका आधारमा कलेजमा विज्ञान संकायमा ४ सय ५० , व्यवस्थापन संकायमा ४ सय ५० जना र होटल व्यवस्थापन संकायमा १ सय ५० जनाको कोटा निर्धारण गरिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सीपल भुवन नेपालका अनुसार विगतको झै यसवर्ष पनि कलेजमा विद्यार्थीको आकर्षण र विस्वास बढेको पाईयो ।

कलेजमा आज भएको प्रबेश परीक्षामा कोशी प्रदेश, मधेश प्रदेशबाट मात्र नभई बागमती प्रदेशका विद्यार्थीहरु पनिहरुले पनि सहभागिता जनाएको प्रिन्सीपल नेपालले बताउनुभयो ।

कलेजका अनुसार आज लिएको प्रवेश परीक्षाको नतिजा भोली शुक्रबार सम्म आउने र सोमबार सम्म मात्र भर्ना अभियान रहेको छ । कलेजमा विहानी कक्षाको लागि कोठा पुरा भएकाले अब बाकी आउने विद्यार्थीहरुलाई दिवा कक्षा सचालन गरी साउन ११ गतेबाट कलेज सचालन गरिने उहाँले जानकारी दिनुभयो ।

कलेजले आफ्ना विद्यार्थीहरुलाई आधुनिक सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कारण पनि नयाँ भर्ना हुन आएका विद्यार्थीहरुले कान्तिपुर कलेज रोजको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्