नेपाल युवा उद्यमी मञ्च विराटनगरको स्वर्णिम वाग्लेसँग अन्तरक्रिया सम्पन्न

<span class='c1'>नेपाल युवा उद्यमी मञ्च विराटनगरको</span> <span class='c2'>स्वर्णिम वाग्लेसँग अन्तरक्रिया सम्पन्न</span>

नेपाल युवा उद्यमी मञ्च विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा ख्यातिप्राप्त अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगरस्थित रत्ना होटलमा आयोजित कार्यक्रममा देशको हालको आर्थिक अवस्था, सुधारका सम्भावना, युवाको राजनीतिक सहभागिता र उद्यमशीलताको भूमिकालाई लिएर गहिरो छलफल गरिएको मञ्चका अध्यक्ष संजीव सिग्देलले जानकारी दिए।

कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्रमा देखिएको चुनौती, राजनीतिक अस्थिरताको प्रभाव, निजी क्षेत्रको योगदान र युवाहरूको सक्रियताले कस्तो परिवर्तन ल्याउन सक्छ भन्नेबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा रास्वापाका प्रबक्ता मनिष झा र गणेश पराजुली पनि सामेल थिए । रास्वपाका उद्योग विभाग प्रमुख पराजुलीले नेपालमा उद्यमशीलताको प्रवर्धनमा लाग्न शुभकामना दिएका थिए ।

उनीसँगको यो अन्तरक्रिया युवा उद्यमीहरूका लागि प्रेरणादायी बनेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्