विराटनगरको एबिसी स्कुलमा बालबालिकाका लागि दन्त परीक्षण शिविर सम्पन्न

<span class='c1'>विराटनगरको एबिसी स्कुलमा बालबालिकाका लागि</span> <span class='c2'>दन्त परीक्षण शिविर सम्पन्न</span>

विराटनगर, असार २०

विराटनगर-५, सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी) स्कुलले आज आफ्ना साना विद्यार्थीहरूका लागि दन्त परीक्षण शिविर आयोजना गरेको छ।

शिविरमा डा. संजिता कटवालले बालबालिकाहरूको दाँत तथा मुख सम्बन्धी स्वास्थ्य परीक्षण गर्नुका साथै ओरल हेल्थबारे जानकारीसमेत दिइन्। विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकालाई उक्त शिविरमा सहभागी गराइएको स्कुल प्रशासनले जनाएको छ।

विद्यालयका अनुसार बाल्यावस्थादेखि नै दन्त स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो। अभिभावकहरूद्वारा पनि कार्यक्रमको सराहना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्