सेंट मेरीज स्कुलमा जीएचएफ एमयूएन सम्मेलन सफलतापूर्वक सम्पन्न

<span class='c1'>सेंट मेरीज स्कुलमा जीएचएफ</span> <span class='c2'>एमयूएन सम्मेलन सफलतापूर्वक सम्पन्न</span>

विराटनगर । सेंट मेरीज स्कूल विराटनगरमा असार २१ र २२ गते आयोजित जीएचएफ मोडल युनाइटेड नेशन्स सम्मेलन सफलता पूर्वक सम्पन्न भएको छ। सम्मेलनमा विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिका रूपमा भाग लिँदै अन्तर्राष्ट्रिय मुद्दाहरूमा गहिरो बहस गरेका थिए।

ग्लोबल हेल्थ फाउन्डेसन द्वारा आयोजित उक्त शैक्षिक अनुकरण कार्यक्रममा सहभागी विद्यार्थीहरूले वक्तृत्वकला, कूटनीतिक क्षमता, र आलोचनात्मक सोचजस्ता सीपहरू विकास गर्ने अवसर पाए। सम्मेलनले उनीहरूलाई अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासको प्रत्यक्ष अनुभव गरेको आयोजक संस्थाको भनाइ छ। यो कार्यक्रम काठमाडौँमा केन्द्रीय कार्यालय रहेको ग्लोबल हेल्थ फाउन्डेसनले आयोजना गरेको हो, जसले विश्वभर विभिन्न एमयुएन सम्मेलनहरू गर्दै आएको छ। विराटनगर संस्करणको नेतृत्व संस्थाका अध्यक्ष ईशान अग्रवालले गरेका थिए भने सम्पूर्ण कार्यक्रम सचिवालय प्रमुख कुँवर देपंकरको मार्गदर्शनमा प्रभावकारी ढंगले सञ्चालन गरिएको थियो।

 

कार्यक्रमको योजना, पूर्व-तालिम, व्यवस्थापनदेखि सञ्चालनसम्मको सम्पूर्ण संयोजन ईशान अग्रवाल र उनको समर्पित टोलीले कुशलतापूर्वक सम्पन्न गरेका थिए। फाउन्डेसनले उनीहरूको मेहनत र प्रतिबद्धताको प्रशंसा गर्दै यस सम्मेलनलाई "स्मरणीय र प्रेरणादायी" अनुभवको रूपमा मूल्याङ्कन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्