नेपाल मानव धर्म सेवा समितिको विराटनगरमा कार्यक्रम

<span class='c1'>नेपाल मानव धर्म सेवा</span> <span class='c2'>समितिको विराटनगरमा कार्यक्रम</span>

विराटनगर, असार २७।

नेपाल मानव धर्म सेवा समिति विराटनगर कोशी क्षेत्र आश्रममा गुरू पूजा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

धार्मिक श्रद्धा र भक्तिभावसहित सम्पन्न भएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन बिराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, कोशी क्षेत्र आश्रमका अध्यक्ष बिक्रम गडतेोला लगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गर्नु भएको थियो।

कार्यक्रममा गुरूको महत्व, धर्म संस्कार र समाजमा धार्मिक चेतनाको आवश्यकता विषयमा मन्तव्य दिइएको थियो। उपस्थित भक्तजनहरूले गुरूको आशीर्वाद लिएर धार्मिक प्रवचन सुनेका थिए। कार्यक्रममा लामो समयसम्म  यस धर्मलाइ सहयोग गर्दै आउनु भएका ९० बर्षीय कुल बहादुर गुरुङ र ७४ बर्षीय गंगा कोइरालालाइ पनि सम्मान गरिएको ममता प्रधानले जानकारी दिनुभयो ।

नेपाल मानव धर्म सेवा समितिले प्रत्येक वर्ष गुरू पूर्णिमाको अवसरमा यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रम पहिलेभन्दा अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, भजन कीर्तन तथा प्रसाद वितरणसमेत गरिएको थियो। गुरू भक्ति र सेवा भावनाको वातावरणले कार्यक्रम स्थल भक्तिमय बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्