विराटनगर, असार २७ गते।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी र सम्बन्धित विद्यालयलाई विराटनगर महानगरपालिकाले विशेष सम्मान गरेको छ। यसै क्रममा, विराटनगर स्थित जेम्स इन्टरनेसनल स्कूललाई पनि सम्मानित गरिएको हो।
विद्यालयका प्रधानाध्यापक पंकज खड्का र सह–प्रधानाध्यापक पंकज शाहले उक्त सम्मान विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको हातबाट ग्रहण गरेका थिए
विद्यालयकी मेधावी छात्रा श्रीजी पोख्रेलले एसईई परीक्षामा ४.०० पूर्ण जीपीए ल्याएर विद्यालयको गरिमा बढाएकी हुन्। कार्यक्रममा मेयर कोइरालाले उच्च अंक ल्याउने विद्यार्थीहरूले आगामी दिनमा देशकै गौरव बढाउने उल्लेख गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।
विद्यालय परिवारले यस उपलब्धिलाई सामूहिक प्रयास, उत्कृष्ट शैक्षिक वातावरण र विद्यार्थीहरूको कडा मेहनतको प्रतिफल भनेको छ।