विराटनगरका चारजना पत्रकार पुरस्कृत

<span class='c1'>विराटनगरका चारजना</span> <span class='c2'>पत्रकार पुरस्कृत</span>

विराटनगर । मोरङका पत्रकारहरुले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसमा ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष स्थापनाको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कार शुक्रबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।

सहकारी संस्थाले ५१ हजार राशिको तारेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारबाट सुभाष ढकाललाई प्रदान गरेको छ । ५१ हजार राशिको ओमप्रकास गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट बन्धु पोखरेल, २१ हजार राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट अनिल श्रेष्ठ, र १० हजार राशिको मीनादेवी श्रेष्ठ महिला प्रोत्साहन पुरकारबाट निशा दाहाललाई सम्मान गरिएको हो ।

पुरस्कृत पत्रकारहरुलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा मुख्य न्यायाधीश भट्टराईले राष्ट्रको चौथो अंगले सत्यताका आधारमा कमल चलाउनुपर्ने आग्रह गरेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीहरु सम्मानित भएकोमा बधाई दिएका छन् ।

मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सहकारीका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासंघ कोशीकी महासचिव हेमा चेम्जोङ, मोरङ अध्यक्ष सुशीला पाठक, सम्मानित पत्रकार सुभाष ढकाल र डिल्ली पोखरेलले सञ्चारकर्मीले आफनो क्षेत्रमा मर्यादित भएर काम गर्नुपर्ने बताए । विक्रम संवत २०६९ सालमा स्थापित सहकारीमा मोरङमा क्रियाशील १ सय २१ जना सञ्चारकर्मीहरु सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्