विराटनगर । विराटनगर जुनियर जेसिसद्धारा आयोजित नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम ‘जेसिज एण्ड यू ट्रेनिङ’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम विराटनगरस्थित आरके प्यालेसमा आयोजना गरिएको थियो। कार्यक्रमका चिफ ट्रेनर जेसी सन्दिप दास श्रेष्ठ ले सम्पूर्ण नया सदस्यहरु लाइ हौसला प्रदान गर्दै विविन्न रोचक कार्यहरु गराएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमको उद्देश्य नयाँ सदस्यहरूलाई जेसिसको उद्देश्य, गतिविधिहरू तथा नेतृत्व विकासका अवसरहरूबारे जानकारी गराउनु रहेको विराटनगर जुनियर जेसिसकी अध्यक्ष आयुषा खतिवडा ले बताएकी छन्।

नयाँ सदस्यमा ४० जानाको सहभागिता रहेको थियो । सबै सदस्यहरुलाई ४ ग्रुपमा बिभाजन गरेर टिम अप गतिबिधिहरु गराएको थियो । कार्यक्रमको अन्तिममा सम्पूर्ण गतिबिधिमा राम्रो गरेर उचतम अंक ल्याउने ग्रुपलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट पुरुष तर्फ साइमन धिमाल र उत्कृष्ट महिला श्रेया उपाध्या सहभागीको रूपमा सम्मानित भएका थिए । कार्यक्रम जुनियर जेसि आयुषा खतिवडाको अध्यक्षतामा आयोजित भएको थियो भने प्रमुख अतिथि विराटनगर जेसिसका वर्तमान अध्यक्ष जेसी प्रितेश राज दाहाल साथै क्षेत्र ऐ का कोअर्डिनेटर जुनियर जेसी गौरव कर्णले पनि आफ्नो उपस्थिति जनाउँदै सहभागी सदस्यहरूलाई उत्साहित बनाउनुभएको थियो ।