विराटनगर । सीमा क्षेत्र विराटनगर १६ दरैयाबाट सात लाख ९० हजार ३०० मूल्य बराबरको औषधीसहित विराटनगर–१६ का सिकन्दर यादव पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट मोटरसाइकलमा राखेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको औषधीसहित प्रहरीले यादवलाई मंगलबार बिहान ५ बजेको पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरीक्षक कुमार राईको मोवायल टोलि र प्रहरी सहायक हवल्दार अबिनास रायको कमाण्डमा रहेको क्यूआरटी टोलिले औषधी लिएर आउँदै गरेका यादवको पिछा गरेको थियो । त्यस क्रममा उनी औषधी छोडेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
यादवले बीआर ३८ एच २२२७ नम्बरको मोटरसाइकलमा चार कार्टुन ओमेघाटाइम क्याप्सुल, प्रोकल डी–ट्याब ४७ बट्टा, ट्रमाकल–एम–ट्याब ७९२ बट्टा प्याकेजिङ गरेर ल्याउँदै गरेका थिए । प्रहरीलाई देख्नासाथ विराटनगर १६ दरैयाबाट उनी भाग्ने प्रयासमा रहेका बेला पक्राउ परेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालयमा बरामद औषधी र यादवलाई ल्याएर थप कारवाहीका लागि भन्सार कार्यालय विराटनगर पठाइएको छ । औषधी कसको हो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।