गाँजा व्यापार गर्दछन् कारोबारी : समाउँछ प्रहरी, डुब्छन सवारीका धनी

<span class='c1'>गाँजा व्यापार गर्दछन् कारोबारी :</span> <span class='c2'>समाउँछ प्रहरी, डुब्छन सवारीका धनी</span>

विराटनगर । कोशी प्रदेशमा गाँजा ओसारपसारमा सवारी साधनको बढ्दो प्रयोग हुन थालेको छ । प्रहरीलाई छल्न विभिन्न उपाय लगाएर हुने गाँजा ओसार पसारमा प्रयोग हुने सवारीका धनी भने गाँजा कारोबारीसँगै डुबिरहेका हुन्छन् । प्रहरीले गाँजा बरामद गरेको सवारीका धनीलाई समेत अनुसन्धानका क्रममा झिकाउने गर्दछ । त्यति मात्रै नभई गाँजा बरामद भएको सवारी कानुनी प्रक्रियामा प्रमाणको रुपमा पेस गर्दछ । प्रहरीका अनुसार चालकले बेइमान गर्दा सवारीका धनी समेत उतिकै फसिरहेका छन् । गाँजा बरामद भएको सवारीको धनी आफैं भए कानुनी प्रक्रिया अनुसार सजाय भोग्नुपर्नेदेखि सवारी जफत हुन्छ नै तर चालकको भरमा छोडिएको सवारीबाट ओसारपसार हुँदा धनी स्वतः डुब्ने गरेका घटना धेरै भईसकेका छन् ।

 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) इश्वर कार्कीका अनुसार कारोबारीले सबै जुक्ति प्रयोग गरेर पहाडको गाँजा तराई हुँदै भारत पु¥याउँदै आएका छन् । यो क्रम गाँजा उत्पादन भईरहेका जिल्लाका समुदायस्तरमै धारणा परिवर्तन नहुँदासम्म चलिरहने उनको बुझाई छ । डिआईजी कार्कीका अनुसार सुरुमा रातभर भरियाले गाँजा तराईका जिल्लामा झार्थे, त्यसपछि मोटरसाइकलको प्रयोग गरे । मोटरसाइकलपछि चार पाङ्ग्रे साना सवारीमा झार्न थालियो । प्रहरीले ती सबै विकल्पमा हस्तक्षेप गरेपछि एम्बुलेन्स, तेल बोक्ने ट्याङकर, सार्वजानिक सवारीका साधन बसलाई गाँजा बोक्न प्रयोग गरेको डिआईजी कार्कीको भनाई छ ।

 

पछिल्लो समय अन्य सामान बोकेका मालवहाक सवारीमा गाँजा लुकाएर ल्याउने क्रम बढेको हो । त्यसको पछिल्लो उदाहरण कहटरीमा तरकारी बोकेको ट्रक नियन्त्रणमा परेको डिआईजी कार्की बताउँछन् । प्रहरीले गत असार २९ गते मध्यरातमा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएको ट्रकका धनीलाई अनुसन्धानका लागि प्रहरीले बोलाउने प्रक्रिया सुरु गरिसकेको छ । प्रहरीले पछिल्लो समय गाँजा उत्पादन हुने पहाडी जिल्लाका समुदायस्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, पनि गाँजा उत्पादन गर्ने समुदायको मनस्थितिमा परिवर्तन भएको छैन ।

 

कोशी प्रदेश प्रहरी कार्यालयको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने वर्षेनी गाँजा बरामद गर्ने, गाँजा बोकेका सवारी नियन्त्रणमा पर्ने र संलग्न व्यक्तिहरु पक्राउ पर्नेको संख्या बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ मा मात्रै प्रहरीले २६ हजार ११७ केजी ७०० ग्राम ९७ मिलिग्राम गाँजा बरामद गरेको छ । गाँजा ओसार पसार गर्ने चार पाङग्रे सवारी ४५ वटा नियन्त्रणमा परेका छन् । यसैगरी दुई पाङग्रे सवारी ३२ वटा तथा २६ जना महिला र २३५ जना पुरुष नियन्त्रणमा परेका छन् ।

 

गत आर्थिक वर्ष २०८०÷२०८१ म १० हजार ४२० केजी गाँजासहित २३ सवा चारपाङग्रे र २४ वटा दुई पाङग्रे सवारी नियन्त्रणमा परेका थिए । यसैगरी १३ जना महिला र १९६ जना पुरुष संलग्न आरोपमा नियन्त्रणमा परेको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा पाँच हजार ८१५ केजी गाँजा बरामद हुँदा १६ वटा चार पाङ्ग्रे १७ वटा दुई पाङ्ग्रे सवारी नियन्त्रणमा लिइएको थियो । संलग्न आरोपमा १२ जना महिला र १३२ जना पुरुष नियन्त्रणमा लिइएको तथ्यांक छ ।

डिआईजी कार्कीका अनुसार साना सवारीको प्रयोग हुँदा गाँजा बरामदका परिमाण पनि कम र ठूला सवारीको प्रयोग हुँदा गाँजा बरामदको बढी देखिन्छ । प्रहरीले गाँजाको माग भारतमा रहेको निकासीमा गरिएको जोडबाट देखिने बताउँदै आएको छ । यसलाई नियन्त्रण गर्नका लागि खेती गर्ने किसानसम्म विकल्पको खेतीमा लगानी बढाउनु पर्ने जरुरी रहेको डिआईजी कार्की बताउँछन् ।

प्रहरीलाई गाँजा बरामद गरेर त्यसको भण्डारण र नष्ट गर्न अर्को सास्ती हुने गरेको छ । डिआईजी कार्कीका अनुसार नियन्त्रण लिएका प्रहरी कार्यालयमा त्यसको भण्डारण गर्ने स्थान अभाव हुने गरेको हो । डिआईजी कार्कीका अनुसार अनुसन्धानको हदम्याद ९० दिनसम्म गाँजा सुरक्षित गर्नुपर्ने हुन्छ । कोशी प्रदेशमा पछिल्लो दुई महिनामा मात्रै छ हजार केजी गाँजा बरामद गरेको प्रहरीलाई त्यसको भण्डारणमा भने हम्बेहम्बे परिरहेको छ । गाँजा भण्डारण गरेपछि त्यसको गन्ध समेत बढी आउने गरेको छ । अदालतमा मुद्दा लगेर आदेश आएपछि बल्ल गाँजा नष्ट गर्ने बाटो खुल्ने गरेको छ । जसमा प्रहरीले अदालतका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रोहबरमा राख्नुपर्ने हुन्छ । नष्ट गर्ने स्थानको छनौट गर्दा समेत विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । डिआईजी कार्कीका अनुसार नियन्त्रणमा लिएपछि भण्डारणदेखि त्यसको नष्ट गर्दासम्म प्रहरीलाई उतिकै सास्ती हुने गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्